काठमाडौ, फागुन २
गरिमा विकास बैंक लिमिटेडले ‘स्वर्णिम निक्षेप योजना सञ्चालनमा ल्याएको छ । उत्कृष्ट प्रतिफल दिने उद्देश्यले योजना सुरु गरेको बैकले जानकारी दिएको छ ।
बैंकका अनुसार न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने यो योजना क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यो निक्षेप योजना अन्तर्गत पाँच वर्ष वा त्योभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दति बराबरको व्याजदरको फाईदा लिन सकिनेछ । योजना अवधिभित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाईने बैंकले जानकारी दिएको छ ।
अहिले बैंकले ‘स्वर्णिम निक्षेप योजना अन्तर्गत उच्चतम ११ दसमलव ५५ प्रतिशत ब्याजदर प्रदान गर्ने छ। । यो खाता बैंकका ११८ शाखा कार्यालयहरुमा खोल्न सकिने बैकले जनाएको छ ।