काठमाडौ, फागुुन २
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको खैरेनी, योगिकुटि र मणिग्राममा फाल्गुण एक गते रजितपुर, मुर्गियामा फाल्गुण २ आफ्नो नयाँ शाखाहरु उद्घाटन गरेको छ ।
सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षबाट संयुक्तरुपमा भएको छ । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लुम्बिनी प्रदेशका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेकाछन ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११० शाखा संजाल, प्रादेशिक कार्यालय , १४३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।