आधारभूमि संवाददाता
काठमाडौ १ फागुन
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गर्दै उनी विरुद्ध लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएको आरोप लागेको छ ।
सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावमा जवराले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधा,निक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न नसकेको जस्ता आरोप लगाइएको छ ।