neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दावी भुक्तानी

Feb 12th, 2022

काठमाडौ, माघ २९
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दावी गरेको दुई दिनमै मृत्युदावीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

वि.सं.२०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो । कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर ज्ञानुले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरे ।

कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियङ्का कार्की र बरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।