neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

केलियन एमबाप्पेको गोलमा पीएसजीको जित

Feb 12th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ २९

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १५ अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले रेन्सलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले विजयि गोल गरे।एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन्।

जितसंगै पीएसजीले २४ खेलबाट ५९ अंक जोडेको छ र शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।पराजित रेन्सको २४ खेलबाट ३७ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi