neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकको ११ औं विस्तारित सेवा–केन्द्रको उद्घाटन

नेपाल बंगलादेश बैंकको ११ औं विस्तारित सेवा–केन्द्रको उद्घाटन

Feb 10th, 2022

काठमाडौ, माघ २७
नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक, डुमरवानामा आफनो ११ औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका हुन । बैंकले उक्त विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका वडा नं. १५ का साथै वडा नं ११,१२,१३ , १४ र १६ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

विस्तारित सेवाबाट सो भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्तहुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जानुनपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बंंैकिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त हुने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्तहुने बैंकले जानकारी गराएको छ ।

“सबैका लागि बैंक”भन्ने मूल नारा सहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बैंकले आफ्ना एक सय वटा शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएम मार्फत बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ ।