neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटीलाई १२ अंकको अग्रता

Feb 10th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, माघ २७
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई जित दिलाउन रियाद महरेज र केभिन डे ब्रुइनले एक-एक गोल गरे।

खेलको ४० औं मिनेटमा महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ६९ औं मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै म्यानचेस्टर सिटीले २४ खेलबाट ६० अंक जोडेको छ र शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।पराजित ब्रेन्टफोर्डको २४ खेलबाट २३ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi