काठमाडौ, माघ २६
कुुल बस्तु निर्यात बढेको छ । नेपाल राष्ट्र बैकले आज बुुधबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी छ महिनाको प्रतिवेदन अनुसार यस अवधिमा कुल वस्तु निर्यात ९५ दसमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात छ दसमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय २१ दसमलव आठ प्रतिशत र ३० दसमलव दुई प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १० दसमलव दुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैैकका अनुसार चालु आर्थिक बर्षको छ महिनामा कुल वस्तु आयात ५१ दसमलव एक प्रतिशतले वृद्धि भई नौ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चारा दसमलव आठ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७ दसमलव पाँच प्रतिशत, ५१ दसमलव पाँच प्रतिशत र ९८ दसमलव दुुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष चालु आवको छ महिनामा कुल वस्तु व्यापार घाटा ४६ दसमलव छ प्रतिशतले वृद्धि भई आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा पाँच दसमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११ दसमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दसमलव दुई प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब १० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८३ अर्ब एक करोड बराबरको भएको राष्ट्र बैकले जनाएको छ ।