neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको निरिक्षण, भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी

मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको निरिक्षण, भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी

Feb 8th, 2022

काठमाडौ, माघ २५
भृकुटिमण्डप क्षेत्र लाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकीछन । मंगलबार भृकुटिमण्डप क्षेत्रको निरिक्षण गर्नुहुँदै मन्त्री रेग्मीले बिचौलिया मार्फत हुने कारोबार रद्ध गरेर सोझै परिषद मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताएकी हुन ।

समाज कल्याण परिषद अध्यक्ष समेत रहनुभएका मन्त्री रेग्मीले अब्यवस्थित रुपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको उचित व्यवस्थापनका साथै खाली रहेका जग्गा जमीनलाई उपयोग गर्ने रणनिति समेत बनाएको बताईन । तरकारी बजार, फनपार्क, होटल लगायतमा उचित व्यवस्थापन छैन भन्ने गुनासो आएको थियो, आफ्नै आँखाले छर्लङ्ग देखेु, उनले भनिन, अब छिट्टै नतिजा देख्नु हुनेछ ।

कतिपय संस्थाले लामो समय सम्म पनि भाडा नतिरेको बताउनु हुदैं मन्त्री रेग्मीले पैसा नतिर्ने अटेर गरि बस्ने, जग्गाको दुरुपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारवाही गरिने समेत बताईन । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उहाँको योजना छ ।मन्त्री रेग्मीले भृकुटिमण्डप क्षेत्रको टुकुचा, खसी बजार, फन पार्क हंकंग बजार, प्रदर्शनी स्थल लगायतको निरिक्षण गरेकी थिईन ।