neapl investment mega bank
  • गृहपृष्ठ
  • सिपिएसमा एकदिने टाक्सिडर्मी सम्वन्धी कार्यशाला सम्पन्न

सिपिएसमा एकदिने टाक्सिडर्मी सम्वन्धी कार्यशाला सम्पन्न

Feb 8th, 2022

काठमाडौ, माघ २५
नेपाल इन्जिनियरिङ कलेज (नेक) को स्नातकोत्तर अध्ययन केन्द्र नेक सिपिएसको एमएस्सी प्राकृतिक श्रोत ब्यबस्थापन संकायको आयोजनामा एकदिने टाक्सिडर्मी सम्वन्धी कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जर्मनीस्थित एर्फोर्ट प्राकृतिक संग्राहालयका टाक्सिडर्मी विशेषज्ञमा र्कोफिस्चेरले टाक्सिडर्मीको बैज्ञानीक महत्वबारेमा चर्चा गरे । उनले टाक्सिडर्मी एक संकलन मात्र नभई कला र अनुसन्धानको एवं जैबिक बिविधता संरक्षण शिक्षाको निम्ती महत्वपूर्ण बिधा रहेको बारे व्याख्या गरे । टाक्सिडर्मीको बिभिन्न पक्षका साथै प्राकृतिक सङ्ग्रहालयले जैबिक बिविधता संरक्षण शिक्षामा दिने योगदान बारे केन्द्रित उक्त कार्यशालामा नेक सिपिएस एमएस्सी प्राकृतिक श्रोत ब्यबस्थापन संकाय सन्योजक डा नारायणप्रसाद कोजुले कार्यक्रमको बारेमा जानकारी दिए कार्यक्रममा भौतिक रुपमा उपस्थित एवं अनलाइन सहभागिहरूलाई अन्जन सोडारीले स्वागत गरेका थिए ।

कलेजका प्रचार्य प्राडा हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उनले सबैलाई धन्यबाद दिँदै नेकले यस्ता कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने र आगामी दिनमा यस्तै प्रकारको तालिम एवं गोष्ठी गर्न सहयोग गर्नेमा जोड दिए । कार्यक्रमा भौतिक र अनलाइन गरेर नेक सिपिएस एमएस्सी प्राकृतिक श्रोत ब्यबस्थापन संकाय, त्रिभुवन विश्वविद्यालयका बिभिन्न कलेजका बिद्यार्थी र प्राध्यापकहरूको समेत सहभागिता थियो ।