neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इस्पन्योलमाथि बिल्बाओको जित

Feb 8th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, २५ माघ
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले जित निकालेको छ ।सोमबार राति घरेलु मैदानमा भएको खेलमा बिल्बाओले इस्पन्योललाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बिल्बाओलाई जित दिलाउन ओइहान सान्सेट र इनिगो मार्टिनेजले एक-एक गोल गरे । इस्पन्योलको टोनी विल्हेनाले एक गोल गरे।

खेलमा पहिलो अग्रता इस्पन्योलले लिएको थियो । खेलको तेस्रो मिनेटमा टोनी विल्हेनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको पाँचौं मिनेटमा बिल्बाओका ओइहान सान्सेटले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको १६ औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै एथ्लेटिक बिल्बाओले २३ खेलबाट ३४ अंक जोडेको छ र आठौं स्थानमा छ । पराजित इस्पन्योलको २३ खेलबाट २७ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi