आधारभूमि संवाददाता
काठमाडौ, २४ माघ
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १३ अंकको अग्रता बनाएको छ । आइतबार
राति भएको खेलमा पीएसजीले लिलेलाई ५-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन डानिलो परेराले दुई गोल , प्रिस्नेल किम्पेम्बे,लिओनेल मेस्सी र केलियन एमबाप्पेले एक-एक गोल गरे।लिलेका स्वेन बोटम्यानले एक गोल गरे।
खेलको दशौं मिनेटमा डानिलो परेराले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको २८ औं मिनेटमा लिलेका स्वेन बोटम्यानले गोल गर्दै खेल बराबरीमा फर्काए ।
खेलको ३२ औं मिनेटमा प्रिस्नेल किम्पेम्बे गोल गर्दै पीएसजीलाई २-१ ले अघि बढाए ।
खेलको ३८ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दै खेल पीएसजीलाई ३-१ ले अघि बढाए ।
दोस्रो हाफको ५१ औं मिनेटमा डानिलो परेराले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-१ ले अघि बढाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ५-१ को जित दिलाए ।
जितसंगै पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ र शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।पराजित लिलेको २३ खेलबाट ३२ अंक छ र ११ औं स्थानमा छ ।