काठमाडौ, माघ २३
मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ०७, चाबहिल तथा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ०४, गोंगबुमा शाखाको कारोबार शुभारम्भ गरेको छ । काठमाडौंको नयाँबानेश्वरमा मुख्यकार्यालय रहेको फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्कावजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अव थप २ शाखासहित शाखा संख्या २३ रहनेछ ।
चालु आवको पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।