neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुरक्षित इन्टरनेट दिवसका अवसरमा चेतनामूलक कार्यक्रम आयोजित

सुरक्षित इन्टरनेट दिवसका अवसरमा चेतनामूलक कार्यक्रम आयोजित

Feb 6th, 2022

ललितपुर, माघ २३
‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ २०७८ माघ २३ गते ‘सुरक्षित इन्टरनेट दिवस – २०२२’ नेपालमा पनि मनाईँदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यकासाथ प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस विश्वका एक सय सत्तरीभन्दा बढी देशमा आयोजना गरिन्छ ।

बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्डसेफनेटद्वारा सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ । यस दिवसले प्रविधिको सकारात्मक प्रयोग सम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नु पर्ने भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँदछ ।

सुरक्षित इन्टरनेट दिवसको औचित्यबारे चाइल्ड सेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी भन्नहुन्छ, “यस डिजिटल युगमा इन्टरनेटले हामीलाई ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको छ । तर सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरु अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलिङ्ग, साइबर ग्रूमिङ्ग, छलकपट ९फिसिङ्ग० तथा सेक्स्टोर्सन (यौनजन्य फिरौटी) मा पर्ने जोखिम हुन्छ ।” रघुवंशीका अनुसार बालबालिका तथा युवालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक छ र सुरक्षित इन्टरनेट दिवसले यसबारे जनचेतना जगाउन र जिम्मेवार निकायहरु समक्ष अनलाइन सुरक्षाका लागि पैरवी गर्ने अवसर दिएको छ ।

कोभिड–१९ विश्व महामारी पछि संसारभरि नै अनलाइन बालयौन दुव्र्यवहार तथा बालयौन शोषणका घटना बढेका छन् । सं। रा। अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुव्र्यवहारका चित्रहरुकोे साइबर टिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए । कोभिड–१९ पछि, सन् २०२० मा त्यो संख्या झण्डै तीन गुणा बढेर १७८,३७१ पुगेको थियो । कोभिड–१९ पछि चाइल्ड सेफनेटले गरेको एक अध्ययन अनुसार पाँचजनामा एकजना किशोरी वा युवती र दशजनामा एक जना किशोर वा युवकले अनलाइन यौन दुव्र्यवहार वा यौन शोषण भोगेको थिए ।

बाल तथा युवा क्लबहरु, सामाजिक संस्थाहरु तथा विद्यालयहरुले गत पुस महिना देखिँ देशका विभिन्न जिल्लामा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेका छन् । यसै क्रममा चाइल्डसेफनेटले डोटी, सुर्खेत, कास्की, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी लगायत जिल्लाका विद्यालयहरुमा अनलाइन सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गरेको थियो । वेदः सिर्जनशील संस्था, लवग्रीन नेपाल, होमनेट नेपाल, अम्ब्रेला नेपाल, प्लान इन्टरनेशनल नेपाल, बाल विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल लगायतका संस्थाहरुका साथै किशोरीहरुको रुपान्तरण समूह, काठमाडौँ जिल्ला बाल क्लब संजाल तथा स्थानीय निकायहरु तथा विद्यालयहरुसंग सहकार्य गर्दै चाइल्ड सेफनेटले अनलाइन सुरक्षा सम्बन्धी रेडियो कार्यक्रम, निवन्ध प्रतियोगिता, बाल तथा युवाहरुबीच अन्तरक्रिया, हाजिरी जवाफ, भिडियो प्रदर्शन जस्ता कार्यक्रम यही माघ र फागुनमा गर्दैछ । साथै, सिवीन नेपाल, भ्वाइस अफ चिल्ड्रेन, वाइशर तथा अन्य बाल संरक्षणको लागि कार्यरत संस्थाहरुले आआफ्ना कार्यक्षेत्रमा अनलाइन सुरक्षाबारे चेतनामूलक कार्यक्रम संचालन गर्दैछन् ।

सुरक्षित इन्टरनेटको लागि यस अभियानमा सहभागी हुन चाइल्ड सेफनेटले युवावर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, नीति निर्माताहरू, सञ्चारकर्मीहरुका साथै सर्वसाधारणलाई आह्वान गर्दछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi