neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो

चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो

Feb 6th, 2022

दमौली, २३ माघ /रासस

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस०बाट चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण भएपछि उहाँले सो चासो व्यक्त गर्नुभएको हो । “अग्रपङ्क्तिमा खटिएका चिकित्सकले समयमै तलबभत्ता नपाउनु दुःखद् हो । सम्बन्धित निकायबाट विस्तृतरूपमा जानकारी पाएपछि मैले गर्नुपर्ने सबै सहयोग गर्छु ।”उहाँले भन्नुभयो ।

दमौली अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत डा आस्था रेग्मी, डा राजु रानामगर, डा दिवस ढकाल, डा सुनयन सुवेदी, डा सिन्चन पाण्डे, डा पूजा सैँजु, डा प्रशन्न कार्की, डा अभिनन्दन तिवारी, डा सञ्जीव भण्डारी, डा कृष्ण गिरी र डा सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएपछि गत शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए ।

विपद्मा रेडक्रसको भूमिका सराहनीय : नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उहाँले विपद्को घडीमा रेडक्रसले पु¥याएको योगदानको जति चर्चा गरे पनि कम हुने बताउनुभयो ।

तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले रेडक्रसको भूमिका बारेमा चर्चा गर्नुभएको थियो । अधिवेशनले उपशाखाको सभापतिमा इन्द्रबहादुर आलेलाई चयन गरेको छ । उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा विष्णुबहादुर आले, उपसचिवमा इन्द्रबहादुर आले, उपकोषाध्यक्षमा श्रीराम आले चयन हुनुभएको छ । सदस्यमा टङ्कबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, मीनकुमारी आले र सन्तबहादुर थापा चयन हुनुभएको छ । यसैगरी रेडक्रस तनहुँको जिल्लासभाका लागि इन्द्रबहहादुर आले, खेलीमाया थापा, कविराज श्रेष्ठ, विष्णुबहादुर आले र श्रीराम आले प्रतिनिधिका रूपमा छनोट हुनुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi