neapl investment mega bank

विश्वकप छनोटमा ब्राजिलको शानदार जित

Feb 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ १९

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले शानदार जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४–० गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन राफिनहा,फिलिप काउटिन्हो,एन्टोनी र रोड्रिगोले एक-एक गोल गरे।

खेलको २८ औं मिनेटमा राफिनहाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

खेलको ६२ औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई २-० ले अघि बढाए ।

खेलको ८६ औं मिनेटमा एन्टोनीले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा रोड्रिगोले गोल गदै ब्राजिललाई ४-० को जित दिलाए ।

जितसँगै ब्राजिलले १५ खेलबाट ३९ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित पाराग्वेको १६ खेलबाट १३ अंक छ र नवौं स्थानमा छ ।