काठमाडौ, माघ १८
नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५ औं वार्षिकोत्सव तथा रजतजयन्ती समारोह विविध कार्यक्रमगरि सोेमबार ललितपुर स्थित संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ । मुलुकमा लेखा ब्यवसायको विकास र नियमन गर्न सहयोग पुर्याउने उद्धेश्यले वि.स २०५३ सालमा स्थापित यस संस्थाको वार्षिकोत्सव तथा रजतजयन्ती समारोहको उद्घाटन संस्थाका अध्यक्ष युद्ध राज ओलीले पानसमा दीप प्रज्वलन गरी गरेका हुुन ।
उक्त कार्यक्रमका सभापती तथा संस्थाका अध्यक्ष सीए.युद्ध राजओलीले सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्दै संस्थाको आ.व. २०७७।७८ को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । मन्तव्यको क्रममा उनले संस्थालाई यस अवस्था सम्म ल्याइपुर्याउन महत्वपूर्ण भूमिका खेल्नु हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै यसअघिका नेतृत्वले देखाएको वाटोलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
उक्त समारोहको प्रमुख अतिथी महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५ औं वार्षिकोत्सव तथा रजतजयन्ती को उपलक्ष्यमा संस्थावाट प्रकाशित स्मारिका तथा संस्थाको रणनीतिक योजना विमोचन गरेका थिए । साथै आफ्नो शुभकामना मन्तव्यको क्रममा मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखाव्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकोले यसतर्फ दत्तचित्त भएर लाग्न सम्वद्ध लेखा ब्यवसायीहरुलाई आग्रह गरेका थिए । विश्वसामु उत्कृष्ट लेखाब्यवसायी संस्थाहुन नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थालार्ई सुझाव दिँदै महालेखापरीक्षक शर्माले लेखाव्यवसायको लागि आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिन समेत आग्रह गरे । मुलुकमा वित्तिय पारर्दशिता तथा सुशासन कायमगर्न तर्फ लेखा ब्यवसायीहरुले ध्यानदिन सक्नुपर्ने खाँचो समेत उनले औल्याए । लेखा ब्यवसायका बिषयमा कहिलेकाहीँ गुनासो आउने गरेको उल्लेख गर्दै उनले लेखाब्यवसायीलाई कामप्रति जिम्मेवार वनाउन समेत आग्रह गरे । मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रीवधिवाट हुने गरेको उल्लेख गर्दै लेखा व्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यानदिन पनि सुझाव दिए ।
त्यसक्रममा संस्थाका पुर्व अध्यक्ष तिर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, संस्थाका कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हा लगायतले संस्थाका विविध पक्षबारे प्रकाश पारे । संस्थाका निर्देशक विनोद न्यौपानेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन र संस्थाको रणनीतिक योजना सार्वजनिक गर्नुका साथै संस्थाको स्मारिका समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिहरुमा उत्कृष्ट योगदान पु¥याउनु हुने संस्थाको अन्तरिम तथाप्रथम परिषदका अध्यक्ष स्व.कोमल वहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने आठौं परिषदका अध्यक्षहरु सिए जगन्नाथ उपाध्याय निरौला, सिए कृष्णप्रसाद आचार्य र सिए मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो । यस्तै संस्थामा अनबरत २० बर्ष भन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई दिर्घसेवा पदक प्रदान गरिनुका साथै उत्कृष्ट रुपमाकार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालमा लेखा ब्यवसायको विकास, संरक्षण र संवद्र्धन गर्नका लागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स ऐन २०५३ अन्तर्गत स्थापित एक स्वायत्त र नियमनकारी निकाय हो । यस संस्थाले उल्लेखित ऐन र सो ऐन अन्तर्गत बनेको नेपाल चाटर्ड एकाउटेन्टस् नियमावली २०६१ को अधिनमा रही नेपालभित्र लेखा ब्यवसायको प्रवद्र्धन, जनशक्ति उत्पादन, र लेखा ब्यवसायलाई नियमन गर्ने जस्ता कार्य गर्दै आएको छ ।
संस्थामा हालसम्म १७२९ जना चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु र ख, ग र घ वर्ग गरी कुल ७२३६ जना दर्तावाला लेखापरीक्षक सदस्यहरु आवद्ध हुनुहुन्छ । संस्थाले हालसम्म ६३२ जना चाटर्ड एकाउन्टेन्ट्सहरु उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा १२ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।