neapl investment mega bank
  • गृहपृष्ठ
  • फेसबुक पेजमा १० हजार लाईक पुगेको उपलक्ष्यमा आई. एम. ई. लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक

फेसबुक पेजमा १० हजार लाईक पुगेको उपलक्ष्यमा आई. एम. ई. लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक

Jan 31st, 2022

काठमाडौ, माघ १७
आई. एम. ई. लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाईक पुगेको छ । कम्पनीले जनाए अनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरु तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाईक मात्र बाट सम्भव भएको हो । यसको लागि छुट्टै बिज्ञापन गरिएको थिएन ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आई. एम. ई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेकाछन । अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्पmत गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरु तथा अन्य सर्वसाधारणहरुसँग आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनिको प्रतिनिधिकोरुपमा सम्वाद गर्ने कुरा समेत कम्पनीद्वारा जारि बिज्ञप्तिमा उल्लेख गरेको छ ।