काठमाडौ, माघ १७
नेपाल इको प्यानलको ब्राण्ड एम्वेसडरमा स्वतन्त्र हिमाल मार्गनिर्देशक (फ्रिलायन्स माउण्टेन गाइड) पासाङकाजी शेर्पा (पिके शेर्पा) नियुक्त भएका छन् । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले हिमाल आरोही पिके शेर्पालाई एक समारोहवीच व्राण्ड एम्वेसडर नियुक्ति गरे ।
नेपालमै बनेको नेपाल इको प्यानल वातावरणमैत्री भएकोले यसको प्रयोगबाट वातावरण जोगाउन मद्धत मिल्ने सन्देश दिन हिमाल आरोही पिके शेर्पालाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको सीईओ इन्जिनियर दुवालले बताए । साथै नेपाल इको प्यानल हिमाल, पहाड अनि तराई सवैतिर उतिकै उपयोगी भन्ने सन्देश दिन पनि हिमाल आरोही शेर्पालाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको सीईओ इन्जिनियर दुवालले बताए ।पिके शेर्पाले ६ पटक सगरमाथालगायत केटु हिमालको सफल आरोहण गरिसकेका छन् । उनी हिमाल आरोहण गर्नेहरुका लागि स्वतन्त्र गाइडको भूमिकामा छन् । आरोही शेर्पाले विश्वको विख्यात नेशनल जियोग्राफी टेलिभिजन र गुगलसंग पनि आबद्ध भएर पनि काम गरिसकेको छन् ।
दुई पक्षवीच भएको सम्झौतामा नेपाल इको प्यानलले पिके शेर्पालाई सगरमाथा आरोहणमा सहयोग गर्ने र शेर्पाले सगरमाथा आरोहणको क्रममा नेपाल इको प्यानलको झण्डा सगरमाथामा फहराउन लाने जनाइएको छ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । वातावरणमैत्री यो निर्माण सामाग्री हलुका, भूकम्पप्रतिरोधी, अग्नी प्रतिरोधक लगायतका विशेषताका कारण पछिल्लो पटक देशैभरि लोकप्रिय छ ।