काठमाडौ १६ माघ
पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी सोही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार गत माघ १३ देखि माघ १६ गते सम्मको अवधिमाकारोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।