काठमाडौ, १६ माघ
राष्ट्रियसभा बैठक फेरि स्थगित भएको छ । आउँदो सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् । यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।