काठमाडौ, माघ १३
कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाण्डौको निष्काशन गर्नुपर्नेे १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताको लागि जारी गर्ने भएको छ । साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाडौलाई निष्काशन तथा बिक्रीप्रवन्धकमा नियुक्त गरिएको जनाएको छ ।
उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडकातर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीकाबिच कालिन्चोक दर्शन लिमिटेड, गौशाला, काठमाण्डौमा बिहिबार द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ ।