आधारभूमि संवाददाता
काठमाडौं १३ माघ।
पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको जनाएको छ । १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । यस संगै कूल संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् ।