neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

Jan 25th, 2022

काठमाडौ, माघ ११
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकीछन । कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको हो । आइसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोेले उनलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताएकाछन । यद्यपि, कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताए ।

अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेस एण्ड एजुकेसन डा.निलमणी उपाध्यायका अनुसार उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति सहितको नेपाल मेडिसिटी अस्पतालले उनको उपचार गरेको र स्वास्थ्य स्थिती सुधार भएका कारण मंगलबार डिस्चार्ज गरिएको बताएकाछन । उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकुलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको समेत डा. उपाध्यायले बताएकाछन ।