neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुलको सहज जित

Jan 24th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, माघ १०
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ। आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै घरेलु मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन भर्जिल भ्यान डाइक,एलेक्स चेम्बरलेन र फबिन्होले एक-एक गोल गरे ।क्रिस्टल प्यालेसका ओडसन एडवार्डले एक गोल गरे ।

खेलको आठौं मिनेटमा भर्जिल डाइकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३२ औं मिनेटमा एलेक्स चेम्बरलेनले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५५ औँ मिनेटमा क्रिस्टल प्यालेसका ओडसन एडवार्डले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ८९ औँ मिनेटमा लिभरपुलका फबिन्होले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले २२ खेलबाट ४८ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित क्रिस्टल प्यालेसको २२ खेलबाट २४ अंक छ र तालिकाको १३ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi