neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटेनहममाथि चेल्सीको जित

Jan 24th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, माघ १०
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहम हटस्परलाई २-० गोलले पराजित गरेको हो ।

स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन हाकिम जियेच र थियागो सिल्भाले एक एक गोल गरे ।

खेलको ४७ औँ मिनेटमा हाकिम जियेचले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५५ औँ मिनेटमा थियागो सिल्भाले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै चेल्सीले २४ खेलबाट ४७ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।पराजित टोटेनहमको २० खेलबाट ३६ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi