काठमाडौ, माघ ९
कामना सेवा विकास बैंक लिमिटेडकोे तनँहु जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरेको छ । आईतबार बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्तरुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत्रुपमा समुद्घाटन सु–सम्पन्न भएको जनाएको छ ।
सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, एसएमएस बैंकिङ जस्ता बिभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दे आएको बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिमए मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दे आएको छ ।