neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकाको सात वटा ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था विस्तार

उपत्यकाको सात वटा ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था विस्तार

Jan 23rd, 2022

काठमाडौ, माघ ९
ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको सात वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभुपेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।

यस अघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैंसकेको र आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभुपेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी “प्रभुपेको किअस्क मेसिन” उद्घाटन गरेका हुुन । सो उद्घाटन पश्चात सात वटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरेर आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका सात वटा कार्यालयहरुमा विस्तार गरिएको बताए । “कि अस्क” मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी उनले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi