neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

वाटफोर्डमाथि नर्विच सिटीको जित

Jan 22nd, 2022

आाधारभूमि संवाददाता

काठमाडौं, माघ ८
स्पेनिस ला लिगा फुटबलमा नर्विच सिटीले वाटफोर्डमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नर्विच सिटीले वाटफोर्डलाई ३–० गोलले पराजित गरेको हो ।

वाटफोर्डको घरेलु मैदानमा नर्विच सिटीलाई जित दिलाउन जोस सार्जेन्टले दुई गोल गरे। नर्विच सिटीले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको ५१ औं मिनेटमा जोस सार्जेन्टले गोल गर्दै नर्विच सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ७४ औं मिनेटमा सार्जेन्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ७८ औं मिनेटमा वाटफोर्ड १० खेलाडीमा सीमित भएको थियो । वाटफोर्डका इमानुएल बोनाभेन्चरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा वाटफोर्डका जुराज कुक्काले आत्मघाती गोल गरेपछि नर्विच सिटीले ३-० को जित निकालेको हो ।

जितसँगै नर्विच सिटीले २२ खेलबाट १६ अंक जोडेको छ र तालिकाको १७ औं स्थानमा छ । वाटफोर्डको २० खेलबाट १४ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi