आधारभूमि संवाददाता
काठमाडौँ, ७ माघ
सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो।
गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक बिषयमा छलफल हुने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जनाएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामोसमय देखी गठबन्धनको बैठक बस्न सकेको थिएन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह चुनाव वैशाखमै गरिनुपर्ने बताइरहेको छ भने । सत्तागठबन्धनले भने निर्वाचन ऐनको व्यवस्था संविधानसंग बाझिने देखिएकोले ऐनलाई संविधानअनुसार हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय निकायका प्रतिनिधीको ५ वर्ष कार्यकाल सकिएको छ महिनाभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने संविधानमा उल्लेख छ । तर स्थानीय तह निर्वाचन ऐनमा भने कार्यकाल सकिनुभन्दा दुई महिनाअगाडि नै निर्वाचन गरिसक्नुपर्छ व्यवस्था छ ।