neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिके राउतसंग मन्त्री यादवको प्रतिशोध, दिइन् ज्यान मार्ने धम्की

सिके राउतसंग मन्त्री यादवको प्रतिशोध, दिइन् ज्यान मार्ने धम्की

Jan 20th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ ६ माघ

भौतिक पूर्वाधारमन्त्री रेणु यादवले पदिय मर्यादा विपरित गैरजिम्मेवारी र प्रतिशोधयुक्त अभिव्यक्ति दिएकी छिन् ।

एक कार्यक्रममा भाग लिन विहीबार रौतहटमा पुगेकी मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई हत्या समेत गर्न सक्ने धम्की दिएकी छन् । उनले राउतलाई गौर घटना दोहोरिन सक्ने भएकाले सचेत रहन चेतावनी समेत दिइन् ।

सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएकी छन् ।
तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो ।

उनले राउतलाई संकेत गर्दै गौर हत्याकाण्ड भुलेमा राउतका कार्यकर्ता मारिने र सि के राउतलाई घेराबन्दी गरेर मारिदिने धम्की दिएकी छन् । साथै उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् ।

भौतिक पूर्वाधारमन्त्री रेणु यादव बुधवार कार्यक्रममा जानुअघि सीके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi