neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्रेन्टफोर्डमाथि युनाईटेडको जित

Jan 20th, 2022

आाधारभूमि संवाददाता
काठमाडौं, माघ ६
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले ब्रेन्टफोर्डलाई ३–१ गोलले पराजित गरेको हो ।

ब्रेन्टफोर्डको घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन एन्थोनी एलंगा,मेसन ग्रीनवुड र मार्कस रासफोर्डले एक-एक गोल गरे।ब्रेन्टफोर्डका इवान टोनीले एक गोल गरे।

खेलको ५५ औं मिनेटमा एन्थोनी एलंगाले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ६२ औं मिनेटमा मेसन ग्रीनवुडले गोल गरे पछि युनाईटेड २-० ले अघि बढ्यो।

खेलको ७७ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ८५ औं मिनेटमा ब्रेन्टफोर्डका इवान टोनीले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र युनाईटेडले जित निकालेको हो ।

जितसँगै युनाईटेडले २१ खेलबाट ३५ अंक जोडेको छ र तालिकाको सातौं स्थानमा छ । पराजित ब्रेन्टफोर्डको २२ खेलबाट २३ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi