काठमाडौं ५ माघ
पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा मात्र ६ हजार ३४३ जनालाई संक्रमण भएको छ । मन्त्रालयका अनुसनर हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेका छन् । ।