neapl investment mega bank

कृषि बिकास बैंकको बिभिन्न सेवामा छुट

Jan 18th, 2022

काठमाडौ, माघ ४
कृषि बिकास बैंकले आफ्नो बिभिन्न सेवामा छुट दिने घोषणा गरेको छ । बैंकले आफ्नो ५५ औं बार्षिकोत्सवको सु–अवसरमा आफ्ना सेवाग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने घोषणा गरेको हो ।

बैंकका अनुसार यही माघ सात गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका साथै २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली उल्लेखीत सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिईने छ । यसैगरी चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ । सो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहकहरुमा बैंकले अनुरोध समेत गरेको छ ।