neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई चितवन मिडटाउन रिर्सोटमा १५ प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चितवन मिडटाउन रिर्सोटमा १५ प्रतिशतसम्मको छुट

Jan 18th, 2022

काठमाडौ, माघ ४
सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेकाछन ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, वा इन्टरनेट बैैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिसतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन ।

यो सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथाप्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।