neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एसी मिलान स्पेजियासँग पराजित

Jan 18th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,माघ ४
इटालियन सिरि ए फुटबलमा एसी मिलान स्पेजियासँग पराजित भएको छ । सोमबार राति भएको खेलमा स्पेजियाले एसी मिलानलाई २-१ गोलले पराजित गरेको हो ।

मिलानको घरेलु मैदानमा स्पेजियालाई जित दिलाउन केभिन अगुडेलो र इमानुएल ग्यासीले एक-एक गोल गरे।मिलानका राफेल लियोले एक गोल गरे।

खेलमा पहिलो अग्रता मिलानले लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा राफेल लियोले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,दोस्रो हाफको ६४ औँ मिनेटमा स्पेजियाका केभिन अगुडेलोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा स्पेजियाका इमानुएल ग्यासीले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

हारपछि पनि एसी मिलानको २२ खेलबाट ४८ अंक छ र दोस्रो स्थानमा छ ।पराजित स्पेजियाको २२ खेलबाट २२ अंक छ र १४ स्पेजिया १४औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi