neapl investment mega bank
  • गृहपृष्ठ
  • उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै , यी हुन् एजेण्डा

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै , यी हुन् एजेण्डा

Jan 18th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ४ माघ

पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ।

बैठकमा स्थानीय तहको निर्वाचन रहेको र त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरिसकेको छ तर सरकारले मिति तोकेको छैन ।