आधारभूमि संवाददाता
काठमाडौं ३ माघ
पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।