आधारभूमि संवाददाता
काठमाडौं, माघ ३
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।घरेलु मैदानमा आइतबार भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३-० गोलले पराजित गरेको हो ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चेम्बरलेन र टाकुमी मिनामिनोले एक-एक गोल गरे ।
खेलको ४४ औँ मिनेटमा फाबिन्होले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६९ औँ मिनेटमा एलेक्स चेम्बरलेनले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।
त्यसपछि खेलको ७७ औँ मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।
जितसँगै लिभरपुलले २१ खेलबाट ४५ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पराजित ब्रेन्टफोर्डको २१ खेलबाट २३ अंक छ र तालिकाको १४ औँ स्थानमा छ ।