आधारभूमि संवाददाता
काठमाडौं, माघ ३
स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २-० ले पराजित गर्दै रियलले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको हो ।
रियल मड्रिडलाई जित दिलाउन लुका मोड्रिक र करिम बेन्जेमाले एक-एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।
खेलको ८७ औँ मिनेटमा रियल १० खेलाडीमा सीमित भएको थियो ।रियलका इडर मिलिटाओले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा बिल्बाओले उठाउन सकेन ।
जितसँगै रियलले १२ औं पटक सुपर कपको उपाधि जितेको हो ।