काठमाडौ, माघ २
सुरिलो स्वरकी धनी गायिका खुसी थुलुङ राइले एउटा निकै नै राम्रो डान्सिङ नम्बर गीत बोलु बोलु लाग्छ मलाई सार्वजनिक गरेकी छिन । १६ बर्ष उमेर पुगेपछि हरेक युवतीहरुको मनका भावनाहरु के के हुने गर्छन त्यी सम्पूर्ण भावनाहरु गीतकार एबम संगीतकार कन्चन थलङ लिम्बुले गीतमा समेटेका छन ।
स्टेजमा नृत्य गर्न समेत पूर्णलायक उक्त गीतलाई गायिका थुलुङले गायकिमा पूर्णरुपमा न्याय दिएकी कन्चन बताउछन । स्वदेशमा मात्र नभएर विदेशमा समेत निर्देशन गरिरहेका लोकप्रिय युवा निर्देशक युगल पोमोले निर्देशन गरेको बोलु बोलु लाग्छ मलाई को भिडियोमा ह्यान्डसम मोडेल ह्यारी योञ्जन र टिक टक क्विन भनेर समेत चिनिएकी बिना राउतको अभिनय रहेको छ । भिडियोमा निर्देशक पोमो र साल्मोन तामांगको कोरियोग्राफी छिरिङ्ग शेर्पाको श्रंगार र सुक्नीता चौलागाईको पोशाक रहेको छ ।
गायिका खुसी थुलुङको अफिसियल युट्युब च्यानल खुसी थुलुङ बाट सार्वजनिक भिडियोलाई तेलकोटको रमणीय दृश्यमा छायांकन गरिएको छ । भिडियोमा शिव ढकालको सिनेमाटोग्राफी, अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।