भक्तपुर, माघ २
भक्तपुरमा रहेका साना तथा मझौला व्यवसायीहरूसंग आर्थिक सहकार्य गर्ने उद्देश्यका साथ भक्तपुरमा एउटा नयाँं बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याइएको छ । जिल्लाको मध्यपुर थिमी नगरपालिका –४ शंखधरचोकमा वैभव बहुउद्देश्यीय सहकारी संस्था संचालनमा ल्याइएको हो ।
संस्थाको एक समारोहवीच भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आइतबार गरे । सहकारी संस्थामा मीना अवालको व्यवस्थापक रहने जनाइएको छ । परिणात्मक सदस्यहरूको अवधारणासहित अध्यक्ष सुरज खिमु श्रेष्ठले संस्थाको नेतृत्व सम्हाल्न सुरु गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धरले सहकारी संस्था उद्योगी व्यवसायीको आर्थिक समस्या समाधान गर्न सहयोगीको भूमिका खेल्ने विश्वास व्यक्त गरे । यसकारण संघ र सहकारीबीच आवश्यक सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।