neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

Jan 16th, 2022

काठमाडौ, माघ २
बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा युएसडी, ईयुआर, जिबिडी, एयुडी, सिएडी तथा जिपीवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् पाँच दसमलव पााँच सम्मको वार्षिक ब्याजदर पाउनेछन । साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोल्नु भएमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नेछन । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैकले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।