neapl investment mega bank
  • गृहपृष्ठ
  • लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग हो – नेपाल सरकार

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग हो – नेपाल सरकार

Jan 16th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ २ माघ

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग भएको वताएको छ ।

सो भूभागको बारेमा सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री काार्कीले भने नेपामल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माणर विस्तार रोक्न आग्रह गर्दै आएको छ ।”

उनले नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको वताए ।