neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • करिव १,२२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार

करिव १,२२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार

Jan 16th, 2022

काठमाडौ, माघ २
मेलम्चीको खानेपानी दीगो एवम् भरपर्दो प्रणाली मार्फत काठमाडौं उपत्यकाबासीको घर घरमा उपलब्ध गराउनका लागि हालसम्म करिव १,२२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) बाट काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा गरी १,२२० किलोमिटर नयाँ खानेपानी पाइपलाइन विच्छाउने कार्य सम्पन्न भई नयाँ खानेपानी वितरण संजाल तयार भएको हो । यसबाट ती क्षेत्रका करिव एक लाख घरधुरीमा खानेपानीका नयाँ पाइपलाइन पुगेको छ ।

यसैगरी, काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानी संजाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथ बाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानी पाइपलाइन विच्छ्याउने कार्यलाई तीब्रता दिइएको छ ।

त्यस क्रममा काठमाडौंको चपक्रपथभित्रका गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लुक्षेत्रमा गरी २२४ किलोमिटरमध्ये ५० किलोमिटर र बसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडिगाउँ क्षेत्रमा गरी २४९ किलोमिटरमध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिच्छ्याइएको छ । जसबाट ती क्षेत्रका जम्मा ५३,१०६ घरधुरीमध्ये ११,६२८ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।

यसैगरी, काठमाडौंको चक्रपथ बाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चावहिलको बाहिरी भाग र तीनचुली लगायतका क्षेत्रमा जम्मा २९० किलोमिटरमध्ये हाल ६४ किलोमिटर पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भएको छ । जसबाट ती क्षेत्रका जम्मा ९,७७६ घरधुरीमध्ये ४,०३६ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।

यस्तै, खानेपानी चुहावट नियन्त्रणका लागि हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण संजालका पाइपलाइनहरूको परीक्षण गर्ने कार्य समेत भइहेको छ ।यसका साथै, वितरणका लागि खानेपानी भण्डारण गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कूल ७४,५०० घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न भएको छ भने ती ट्याङ्कीसम्म खानेपानी लैजान निर्माण गरिएको ७७ किलोमिटर थोक वितरण संजालको परीक्षण गर्ने कार्य सम्पन्न गरी संचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

यसैगरी, केयुकेएलका मौजुदा आठवटा खानेपानी भण्डारण ट्याङ्कीहरूलाई समेत नयाँ खानेपानी वितरण प्रणालीसँग जोडिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi