आधारभूमि संवाददता
काठमाडौ २ माघ
आजदेखि सरकारले कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिने जनाएको छ ।
विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन निर्देशन दिएको छ।
मन्त्रिपरिषदले गत पुस २८ को माघ २ देखि बुष्टर मात्रा खोप दिने निर्णय गरेको थियो । अहिले भने अग्रपंतिमा खटिने व्यक्तिहरूले बुष्टर मात्रा खोप लगाउन पाउनेछन्।
माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइने वताइएको छ।