काठमाडौ, माघ १
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सिभिल बैंक खाता ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि एक सय रुपैयाँ बोनस अफर ल्याएको छ छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्नेछन । यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाई गराउन पर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’ मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।
यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो । एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ। रु. १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ , सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले ‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘ीष्लप द्यबलप ब्अअयगलत’ मा ट्याप गर्ने, त्यहाँ “लिंक बैंक टु खल्ती“ मा ट्याप गर्र्नुपर्ने छ । त्यसपछि सिभिल बैंक छानी बैंक खाता नम्बर हालेर र सबमिटमा ट्याप गर्नुपर्ने छ । सो पश्चाात जानकारी ठिक छ भने ‘लिंक बैंक’ मा ट्याप गर्नुपर्ने छ । आफ्नो मोबाइलमा प्राप्त गरेकोे ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइमा ट्याप गरेपछि ‘खल्ती’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ । यस लगायत ‘खल्ती’ मा थप १८ बैंक को खाता लिंक गर्न सकिने छ ।
‘खल्ती’ डिजिटल वालेट
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।