neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

डर्टमन्डको सहज जित

Jan 15th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,माघ १
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा डर्टमन्डले फ्राइबर्गलाई ५-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन थोमस म्युनियर र एर्लिंग हालाण्डले दुई-दुई गोल गरे भने महमूद दाउदले एक गोल गरे ।फ्राइबर्गका डेमिरोभिकले एक गोल गरे ।

खेलको १४ औँ मिनेटमा थोमस म्युनियरले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको २९ औँ मिनेटमा म्युनियरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्जुरी समयमा हालाण्डले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ६१ औँ मिनेटमा फ्राइबर्गका डेमिरोभिकले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

खेलको ७५ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

त्यसपछि खेलको ८६ औँ मिनेटमा महमूद दाउदले गोल गर्दै टोलीलाई ५-१ को सहज जित दिलाए ।

जितसंगै डर्टमन्डले १९ खेलबाट ४० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित फ्राइबर्गको १९ खेलबाट ३० अंक छ र चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi