आधारभूमि संवाददाता
काठमाडौं,माघ १
इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् । शुक्रबार राति भएको खेलमा ब्राइटन र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।
खेलमा क्रिस्टल प्यालेसको लागि कोनोर गालाघरले एक गोल गरे भने ब्राइटनले एक गोल आत्मघाती उपहार पाएको हो ।
खेलको ६९ औं मिनेटमा कोनोर गालाघरले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए।
तर, खेलको ८७ औं मिनेटमा क्रिस्टल प्यालेसका जोआकिम एन्डरसनले आत्मघाती गोल गरे पछि खेल १-१ को बराबरीमा फर्कियो ।
त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।
बराबरीसँगै ब्राइटनको २० खेलबाट २८ अंक छ र तालिकाको आठौं स्थानमा छ। क्रिस्टल प्यालेसको २१ खेलबाट २४ अंक छ र ११ औं स्थानमा छ ।