काठमाडौ, पुस ३०
जनरल इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुव्रmबार भौतिक तथाा भर्चुअलमाध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराही, काठमाण्डौमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा कम्पनीको २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ । त्यसै गरी आगामी आ.व. २०७७–०७८ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्ट्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमापारित गरेको छ ।
साथै अध्यक्षले कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा कार्यालयहरु संचालन रहेकोमा आगामी आ.व. मा थप शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी समेत प्रदान गर्नुका साथै अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दे सभाको विसजर्न गरेका थिए ।